काठमाडौं — प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनामा प्रहरीका कार्यालय तथा हतियार सुरक्षित राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरी अधिकारीहरूलाई पुरस्कारका लागि सिफारिस गरिएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की को नेतृत्वमा गठित आयोगले ६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई पुरस्कारका लागि सिफारिस गरेको हो।
आयोगको प्रतिवेदनअनुसार सिफारिस गरिएका डीएसपीहरूमा जिल्ला प्रहरी कार्यालय कास्कीका हरिबहादुर बस्नेत, कालिमाटी प्रहरी वृत्तका मधु थापा, मालिगाउँ प्रहरी वृत्तका सुनील शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका चिनिमाया तामाङ, जनसेवा प्रहरी वृत्तका कृष्णकुमार चन्द तथा प्रहरी वृत्त ठिमीका नवराज ढुंगाना रहेका छन्।
त्यसैगरी, आयोगले प्रदर्शनका क्रममा प्रहरीलाई सहयोग पुर्याउने दुई जना व्यवसायीलाई समेत पुरस्कारका लागि सिफारिस गरेको छ। सिफारिस हुनेमा कोटेश्वरस्थित स्वर्णिम गेष्ट हाउसका सञ्चालक शिवराज बाँडा तथा घडी पसल सञ्चालक गीताकुमारी साह रहेका छन्।
आयोगले भदौ २४ गते भएको प्रदर्शनका क्रममा सार्वजनिक सुरक्षा तथा प्रहरी संरचना जोगाउन उनीहरूले खेलेको भूमिकालाई मूल्यांकन गर्दै उक्त सिफारिस गरेको जनाएको छ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा