logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

संसद्को एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

संसद्को एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा


  • बिहिबार, चैत्र १२ २०८२
  • 3.8K
    SHARES

    काठमाडौं: गत २१ फागुनमा सम्पन्न निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ। बिहीबार बसेको पहिलो बैठकमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्। संघीय संसद् सचिवालयले दलहरूको सिट संख्याका आधारमा बस्ने व्यवस्था मिलाएको जनाएको छ।

    जसअनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूलाई एउटै लहरमा बस्नेगरी सिट मिलाइएको छ। सोही व्यवस्था अनुसार तीनै दलका सांसदहरूले एउटै लहरमा बसेर शपथ ग्रहण गरेका हुन्।

    शपथलगत्तै संघीय संसद् सचिवालयले प्रत्येक सांसदलाई एक–एक वटा झोला उपलब्ध गराएको छ। उक्त झोलामा संविधान, प्रतिनिधि सभा नियमावली तथा संयुक्त बैठक सञ्चालन नियमावली राखिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page