logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

दीपकराज गिरी लेख्छन्- धेरैपछि फस्ट बेन्च चेन्ज भो, अब देश चेन्ज होस्

दीपकराज गिरी लेख्छन्- धेरैपछि फस्ट बेन्च चेन्ज भो, अब देश चेन्ज होस्


  • बिहिबार, चैत्र १२ २०८२
  • 5.5K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीबार शपथ ग्रहण गरेसँगै सिंहदरबारस्थित नवनिर्मित संसद् भवनमा फरक दृश्य देखिएको छ। नयाँ अनुहारले भरिएको संसद् भवनले यसपटक विशेष ध्यान आकर्षित गरेको हो।

    पुराना नेताहरूमध्ये अघिल्लो लहरमा नेकपाका पुष्पकमल दाहाल, एमालेका रामबहादुर थापा र राप्रपाका ज्ञानेन्द्र शाही देखिएका थिए भने दायाँ लहरमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्री प्रस्तावित बालेन शाह, सभापति रवि लामिछाने र नेता स्वर्णिम वाग्ले लगायत रहेका थिए।

    नेपालको संसदीय इतिहासमा धेरै समयपछि देखिएको यस्तो फरक दृश्यलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले यसबारे प्रतिक्रिया जनाइरहेका छन्।

    अभिनेता दीपकराज गिरीले पनि उक्त दृश्यबारे टिप्पणी गरेका छन्। उनले बालेन शाह र रवि लामिछानेले शपथ लिँदाको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘लौ, धेरैपछि फस्ट बेन्च चेन्ज भो। अब देश पनि चेन्ज होस्।’

    संसदको पहिलो लहरमा देखिएको यो परिवर्तनले देशमा पनि सकारात्मक बदलाव ल्याओस् भन्ने अपेक्षा व्यक्त गरिएको छ। दीपकराज गिरी यसअघि पनि परिवर्तनको पक्षमा खुलेर अभिव्यक्ति दिँदै आएका छन्।

    कामको सन्दर्भमा, उनको अभिनय रहने फिल्म ‘छ माया छपक्कै २’ बैशाखदेखि छायांकनको तयारीमा रहेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page