डा. बाबुराम भट्टराईले नेपाल–भारत सम्बन्धबारे टिप्पणी गर्दै काठमाडौं र दिल्ली दुवैतिर सुनिने असहज राजनीतिक अभिव्यक्ति तथा “गड्याङ्ग–गुडुङ्ग” जस्ता आवाजहरू उपयुक्त नभएको बताएका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले नेपाल–भारत सम्बन्धमा विकास साझेदारी र सांस्कृतिक निकटता महत्वपूर्ण पक्ष भए पनि मूल चुनौती सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्तासँग सम्बन्धित विषय रहेको उल्लेख गरेका छन्। उनका अनुसार यी संवेदनशील विषयहरू सतही राजनीतिक प्रतिक्रियाभन्दा पनि गम्भीर र संस्थागत संवादमार्फत समाधान गर्नुपर्ने आवश्यकता छ।
उनले नेपाल–भारत सम्बन्धमा देखिँदै आएका दीर्घकालीन जटिलताहरू समाधान गर्न विश्वास निर्माण, निरन्तर संवाद र संरचनागत पहल आवश्यक रहेको पनि बताएका छन्। साथै, हाल भइरहेका राजनीतिक टिप्पणी र अभिव्यक्तिहरूले सम्बन्ध सुधारमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।
उनको भनाइ जस्ताको तस्तै-
नेपाल–भारत सम्बन्धको मामिलामा विकास साझेदारी र सभ्यता/संस्कृति (रोटी–बेटी) का कुरा गरुन्जेल दुवैतिर वाहीवाही नै हुन्छ । मेरो पालामा आफ्नै तत्कालीन पार्टीभित्रका एकथरिको विरोधका बाबजुद मैले BIPPA सम्झौता गर्दा अब विकासको ओइरो लाग्ने भो भनेर दुवैतर्फ खुसी छाएकै हो ।
तर कथाको त्यो बाहिर देखिने पाटो मात्रै हो । अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुवै पक्षले मनमनै गुनगुनाइरहने र सधैँ दुःख दिइरहने गम्भीर पाटो पनि छ । त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बौल्दैनौं तर खास्टोमुनि मुड्की बजारीरहन्छौँ !
त्यो हो सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको कुरो ! त्यसको पनि गाँठी कुरा हो–भारतीयहरूको दिलदिमागमा अंग्रेजको पालादेखि जमेर बसेको ‘सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो’ भन्ने सोच ! (सीमा विवाद त्यसैको अभिव्यक्ति हो)। अनि अर्कोतिर हामी नेपालीहरूमा गहिरोसँग गडेर बसेको राष्ट्रिय सार्वभौमसत्ताको विषयमा सधैँ झस्काइरहने सिक्किमीकरणको खतराको त्रास !
यही जरो कारणले नेपाल–भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको सिसिफसको कथा दोहोर्याउन अभिशप्त भइरहेछ !
यहीँ गाँठो फुकाउन मैले नजिकबाट भारत र नेपालका जिम्मेवार मानिसहरू र आम जनसमुदाय समेतको मनोविज्ञान बुझेको आधारमा आफू प्रम छँदा राम्रैसँग भित्री र बाहिरी तयारी गरेर इपीजी (प्रबुद्ध व्यक्तिहरूको समूह) को अवधारणा अघि सारेको थिएँ। परन्तु पछि गठित इपीजीको प्रतिवेदन अहिलेसम्म मृत्युशय्यामा छटपटाइरहेको जगजाहेरै छ ।
रवि लामिछानेजीको वर्तमान दिल्लीभ्रमण यो दुष्चक्र तोड्न सफल रहोस्। परन्तु यतिवेलै काठमाडौं र दिल्ली दुवैतिर सुनिएका गड्यांगगुडुंगका आवाज त्यति प्रिय छैनन् ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण