काठमाडौँ — गृहमन्त्री सुधन गुरुङ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा स्थलगत अनुगमन गर्नुभएको छ। सर्वसाधारणबाट पटक–पटक गुनासो आएपछि उहाँ साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल पुग्नुभएको हो।
विमानस्थलमा यात्रुले सास्ती खेप्नुपरेको गुनासो बढेपछि त्यसको समाधानका लागि अनुगमन गरिएको बताइएको छ। अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई कुनै पनि प्रकारको दुःख नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभएको छ।

विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै सास्ती भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले यस्ता गुनासो दोहोरिन नदिन सचेत गराउनुभएको छ। साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामग्रीमा अनावश्यक जाँच नगर्न पनि निर्देशन दिइएको छ।
गृहमन्त्री गुरुङको यस कदमलाई विमानस्थल सेवामा सुधार ल्याउने प्रयासका रूपमा हेरिएको छ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा