गोरखा — पालुङटार नगरपालिकाले शिक्षक तथा विद्यालयका कर्मचारीलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै अध्ययन गराउन अनुरोध गरेको छ।
नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनाअनुसार नगर शिक्षा समितिको निर्णयपछि यस्तो अनुरोध गरिएको हो। चैत १८ गते बसेको नगर शिक्षा समितिको बैठकले नगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै भर्ना गरी अध्ययन गराउनुपर्ने अनुरोध गरेको हो।
नगरपालिकाका अनुसार यस कदमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शिक्षक तथा कर्मचारीलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ। सूचनामा अनुरोध कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ। उक्त पत्रमा उपसचिव मनोज नेपाली सिम्खालको हस्ताक्षर रहेको छ।
यस निर्णयको चौतर्फी रूपमा तारिफ भइरहेको छ। शिक्षा क्षेत्रका जानकारहरूले यसलाई सकारात्मक कदमका रूपमा लिएका छन्। तर, निर्णयको प्रभावकारी कार्यान्वयन कत्तिको हुन्छ भन्ने विषय भने अझै प्रतीक्षाको विषय बनेको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण