गोरखा: भिमसेनथापा गाउँपालिका, गोरखाको आयोजनामा जनप्रतिनिधि, कर्मचारी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालालाई लक्षित गर्दै सञ्चालन गरिएको दुईदिने सकारात्मक सोच, उत्प्रेरणा तथा क्षमता विकास कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा पालिका अध्यक्ष लोक प्रसाद बन्जरा, उपाध्यक्ष अमृतादेवी भट्ट, प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीसहित जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्राध्यापकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित व्यक्तिहरूलाई स्वागत गर्दै गर्दै प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले यस्ता तालिमले जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रमका अध्यक्ष लोक प्रसाद बन्जराले स्थानीय तहमा सेवा प्रवाहलाई गुणस्तरीय बनाउन सकारात्मक सोच र दक्षता विकास अपरिहार्य रहेको बताउनुभयो। उहाँले यस्ता तालिमले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, उपाध्यक्ष अमृतादेवी भट्टले सहभागीहरूलाई निरन्तर सिकाइ र आत्मविकासमा जोड दिँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रममा प्रशिक्षक रामजी अधिकारीले सहजीकरण गर्नुभएको थियो। उहाँले नेतृत्व विकास, जिम्मेवारीबोध तथा कार्यसम्पादन सुधारका विषयमा व्यवहारिक प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूले तालिमबाट सकारात्मक सोच विकास, कार्यप्रेरणा अभिवृद्धि तथा दैनिक जीवनमा उपयोगी सीप सिक्ने अवसर पाएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमका धेरैले सकारात्मक सोच, आत्मनियन्त्रण तथा जीवन सन्तुलनका विषयमा महत्वपूर्ण ज्ञान प्राप्त भएको बताएका छन्। एक सहभागीले भन्नुभयो, “मानिसले लोभ, ईर्ष्या, डाह, अहमता र घमण्ड जस्ता नकारात्मक भावनालाई नियन्त्रण गर्न सके जीवनमा सन्तुष्टि प्राप्त गर्न सकिन्छ भन्ने बुझियो। साथै, साँचो धर्म भनेको असहाय, रोगी तथा अभिभावकको सेवा गर्नु हो भन्ने कुरा थप प्रस्ट भयो।”
गाउँपालिकाले यस्ता कार्यक्रममार्फत स्थानीय तहमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै सुशासन प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ। कार्यक्रममा सहभागीहरूले आगामी दिनमा पनि यस्ता तालिम नियमित रूपमा सञ्चालन गर्न सुझाव दिएका छन्।
तस्बिरहरू हेर्नुहोस्:

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण