logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

गोरखामा दोस्रो आर्थिक गणना बैशाख २ देखि, ६ महिनाभित्र प्रतिवेदन सार्वजनिक हुने

गोरखामा दोस्रो आर्थिक गणना बैशाख २ देखि, ६ महिनाभित्र प्रतिवेदन सार्वजनिक हुने


  • शनिबार, चैत्र २१ २०८२
  • 84
    SHARES

    गोरखा — जिल्लामा आगामी बैशाख २ गतेदेखि दोस्रो आर्थिक गणना सुरु हुने भएको छ। ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित सञ्चालन हुन लागेको गणना असार ७ गतेसम्म सञ्चालन हुने जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ।

    गणनामा कृषि, वन तथा माछापालन, उद्योग, निर्माण, व्यापार, यातायात, सञ्चार, वित्तीय, सेवा, शिक्षा, स्वास्थ्य लगायत १८ क्षेत्रका आधारभूत विवरण संकलन गरिनेछ।

    जिल्ला आर्थिक गणना अधिकारी लोकप्रसाद ढुंगानाका अनुसार गणनामा उद्योग, व्यापार तथा सेवा क्षेत्रको संख्या, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलन गरिनेछ। यसबाट भविष्यमा नीति निर्माण गर्न सहज हुने उनले बताए।

    गणनाका लागि हाल ६ जना सुपरीवेक्षक र ४१ जना गणक गरी ४७ जना करारमा खटिने तयारी भइरहेको छ। चैत २० देखि २२ गतेसम्म अन्तरवार्ता र चैत २६ देखि ३० गतेसम्म प्रशिक्षण सम्पन्न गरी उनीहरुलाई फिल्डमा खटाइनेछ।

    गणक तथा सुपरीवेक्षकहरूले घरघरमा पुगेर तथ्याङ्क संकलन गर्नेछन्। गणना अवधिभर उनीहरू जिल्लाका ११ वटै स्थानीय तहमा परिचालन हुनेछन्।

    यसअघि २०७५ सालमा गरिएको आर्थिक गणनाअनुसार जिल्लामा १० हजार ९७२ प्रतिष्ठान र ३० हजार ४२३ जनशक्ति रहेको तथ्याङ्क रहेको थियो। नयाँ गणनाको विवरण ६ महिनाभित्र सार्वजनिक हुने कार्यालयले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page