logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

चुमनुव्रीमा CAN को सात दिने क्लिनिकल अप्डेट तालिम सम्पन्न, LPAC बैठक सम्पन्न

चुमनुव्रीमा CAN को सात दिने क्लिनिकल अप्डेट तालिम सम्पन्न, LPAC बैठक सम्पन्न


  • शनिबार, चैत्र २१ २०८२
  • 0.8K
    SHARES

    गोरखा — चुमनुव्री गाउँपालिकामा कम्युनिटी एक्शन नेपाल (CAN) का स्वास्थ्यकर्मीहरूका लागि सात दिने ‘क्लिनिकल अपडेट ट्रेनिङ’ तथा स्थानीय परियोजना सल्लाहकार समिति (LPAC) बैठक सम्पन्न भएको छ।

    CAN UK का प्रतिनिधि मुरारी गौतमले CAN को आगामी कार्यक्रम तथा गतिविधिबारे प्रस्तुति दिनुभएको थियो। उक्त तालिमले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कम्युनिटी एक्शन नेपालले चुमनुव्री गाउँपालिकामा विगत २३ वर्षदेखि स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। गाउँपालिकाले यस योगदानप्रति आभार व्यक्त गरेको छ।

    गाउँपालिका अध्यक्ष निमा लामाले CAN ले लामो समयदेखि स्थानीय तहको विकासमा पुर्‍याएको योगदान सराहनीय रहेको बताउँदै आगामी दिनमा पनि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page