काठमाडौँ — कलाकार सागर लम्साल ‘बले’ विरुद्ध बलात्कारको आरोप लागे पनि आधिकारिक जाहेरी नपरेपछि प्रहरी अन्योलमा परेको छ। अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू बलात्कृत भएको दाबी गर्दै लामो स्ट्याटस लेखेपछि प्रहरीले लम्साललाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार पीडित पक्षबाट औपचारिक जाहेरी नआएकाले बलात्कार मुद्दा अघि बढाउने विषयमा स्पष्टता आएको छैन। उनले भने, “संवेदनशील विषय भएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ, थप प्रक्रिया अघि बढाउँदैछौँ।”
प्रहरीले हाल उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा राख्ने तयारी गरेको छ। प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर अनुसन्धान जारी राख्ने अधिकार अनुसार लम्साललाई तत्काल रिहा नगरी सोही आधारमा राखिने प्रहरीले जनाएको छ।
आरोपबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड