गोरखा — भारतीय राजदूत नवीन श्रीवास्तवले गोरखा जिल्लाको मनकामना मन्दिरको दर्शन गरेका छन्। आइतवार बिहान मनकामना पुगेका राजदूत श्रीवास्तवले दर्शन पश्चात काठमाडौं फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भरतबहादुर बिकका अनुसार पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भने आइतवार गोरखा सदरमुकाममै बसेका छन्। उनी आज गोरखा दरबारको दर्शनपछि काठमाडौं फर्कने तयारीमा रहेको जनाइएको छ।
राजदूत श्रीवास्तवले मनकामना दर्शन गरेर फर्किएको जानकारी दिइएको छ भने जबरा भने गोरखा दरबार दर्शनका लागि सोमबारसम्म जिल्लामै रहने बताइएको छ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड