logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

गण्डकी गाउँपालिकाको कुलवेशी–दलभन्ज्याङ–कौदी सडकमा कालोपत्रे सुरु, ८० प्रतिशत काम सम्पन्न

गण्डकी गाउँपालिकाको कुलवेशी–दलभन्ज्याङ–कौदी सडकमा कालोपत्रे सुरु, ८० प्रतिशत काम सम्पन्न


  • मंगलबार, चैत्र २४ २०८२
  • 63
    SHARES

    गण्डकी —अन्तर्गत कुलवेशी–दलभन्ज्याङ–कौदी सडकखण्डमा कालोपत्रेको काम सुरु भएको छ। प्रिमिक्स कार्पेट प्रविधिबाट धमाधम कालोपत्रे भइरहेको पालिकाले जनाएको छ।

    पालिकाका सब इन्जिनियर ओमप्रकाश साहका अनुसार बेस ओछ्याउने काम पूरा भइसकेको छ भने प्राइम कोटसँगै कालोपत्रेको काम पनि अघि बढिरहेको छ। हालसम्म प्राइम कोटको करिब ५० प्रतिशत र कालोपत्रेको ३० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए।

    १.७ किलोमिटर लामो उक्त सडकखण्ड कालोपत्रेका लागि महादेव भैरवी कन्स्ट्रक्सन र धादिङ निलकण्ठ निर्माण सेवा जेभीबीच २०८२ मंसिर १२ गते सम्झौता भएको हो। सम्झौता अनुसार २०८३ जेठ मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने छ। हालसम्म भौतिक प्रगति करिब ८० प्रतिशत पुगेको छ।

    ‘यही गतिमा काम अघि बढे समयअगावै योजना सम्पन्न हुन्छ,’ सब इन्जिनियर साहले भने।

    उक्त योजनाको कुल लागत अनुमान २ करोड ३४ लाख रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षमा १ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ। संघीय समपूरक कार्यक्रमअन्तर्गत रहेको यस योजनामा पालिका र संघको ५०/५० प्रतिशत लागत सहभागिता रहेको छ।

    फिस्लिङदेखि पालिकाको प्रशासनिक कार्यालय जोड्ने सडकअन्तर्गत कुलवेशीसम्म कालोपत्रे भइसकेको छ भने हाल कुलवेशी–दलभन्ज्याङ हुँदै कौदीसम्म कालोपत्रे भइरहेको छ। कौदीदेखि रानीस्वाँरा हुँदै फुजेल जोड्ने सडकको कालोपत्रे पनि क्रमशः अघि बढ्ने बताइएको छ।

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page