logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

चार वर्षमा ४० हजार बढी पर्यटक मनास्लु क्षेत्रमा, संख्या निरन्तर बढ्दै

चार वर्षमा ४० हजार बढी पर्यटक मनास्लु क्षेत्रमा, संख्या निरन्तर बढ्दै


  • बुधबार, चैत्र २५ २०८२
  • 2.9K
    SHARES

    गोरखा — पछिल्ला चार वर्षको अवधिमा मनास्लु क्षेत्र घुम्ने पर्यटकको संख्या ४० हजार नाघेको छ। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार सन् २०२२ देखि २०२५ सम्म कुल ४० हजार ८९५ पर्यटक सो क्षेत्र पुगेका छन्।

    आयोजनाको तथ्याङ्कअनुसार वर्षेनी पर्यटकको संख्या बढ्दै गएको देखिएको छ। सन् २०२२ मा ६ हजार १०२ पर्यटक आएका थिए भने २०२३ मा यो संख्या बढेर ९ हजार १७७ पुगेको आयोजनाका प्रमुख अनिल प्रसाईले जानकारी दिए। त्यसैगरी, सन् २०२४ मा १० हजार ६१७ र २०२५ मा १४ हजार ९९९ पर्यटक पुगेका थिए।

    मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समयलाई मुख्य पर्यटकीय सिजनका रूपमा लिइन्छ। उक्त समयमा नै अधिकांश पर्यटक मनास्लु क्षेत्र भ्रमणमा आउने गरेको देखिन्छ। प्रसाईका अनुसार चार वर्षमा मार्चदेखि मेसम्म १३ हजार २०५ र सेप्टेम्बरदेखि नोभेम्बरसम्म २८ हजार ५२४ पर्यटक आएका छन्।

    सन् २०२६ को पहिलो तीन महिनामै २ हजार ५८५ पर्यटक मनास्लु क्षेत्रमा पुगेका छन्। सबैभन्दा बढी मार्च महिनामा २ हजार १८१ पर्यटक आएका थिए भने जनवरीमा ६४ र फेब्रुअरीमा ३४० पर्यटक पुगेका छन्।

    पछिल्लो समय स्वदेशी पर्यटकको संख्या पनि बढ्दै गएको छ। सन् २०२४ मा ४ जना नेपाली मात्र मनास्लु क्षेत्र पुगेका थिए भने २०२५ मा यो संख्या बढेर २४६ पुगेको छ। सन् २०२६ को जनवरीदेखि मार्चसम्मको अवधिमा १०९ जना नेपाली पर्यटकले सो क्षेत्रको भ्रमण गरेको आयोजनाले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page