logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

गोरखामा भरुवा बन्दुकसहित एकजना पक्राउ, ७ दिन म्याद थप

गोरखामा भरुवा बन्दुकसहित एकजना पक्राउ, ७ दिन म्याद थप


  • बुधबार, चैत्र २५ २०८२
  • 2.5K
    SHARES

    गोरखा — गोरखामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। आरुघाट गाउँपालिका–२ मान्बुबेशीका ३६ वर्षीय बाबुराम बोगटीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

    उनको साथबाट एक थान भरुवा बन्दुक र छर्रा बरामद गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

    मंगलबार पक्राउ परेका बोगटीविरुद्ध बुधबार हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले बताए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page