logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

गोरखा संग्रालयमा दर्शकको भीड : ८ महिनामा करिब १ लाख अवलोकन, २० लाखभन्दा बढी राजश्व

गोरखा संग्रालयमा दर्शकको भीड : ८ महिनामा करिब १ लाख अवलोकन, २० लाखभन्दा बढी राजश्व


  • बिहिबार, चैत्र २६ २०८२
  • 2.3K
    SHARES

    गोरखा — गोरखा सदरमुकाममा रहेको ऐतिहासिक गोरखा संग्रालय अवलोकन गर्नेको संख्या करिब १ लाख पुगेको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ९६ हजार १०२ जनाले संग्रालय अवलोकन गरेको संग्रालय प्रमुख जयनारायण कार्कीले जानकारी दिए।

    उनका अनुसार संग्रालय अवलोकनका लागि देश तथा विदेशबाट पर्यटक आउने गरेका छन्। यो अवधिमा सबैभन्दा बढी सर्वसाधारण नेपालीले संग्रालय अवलोकन गरेका छन्। संग्रालय प्रशासनका अनुसार ५४ हजार ५५२ जना सर्वसाधारण नेपाली, ३९ हजार ७३४ जना नेपाली विद्यार्थी, १ हजार ७५६ जना तेस्रो देशका विदेशी नागरिक र सार्क राष्ट्रका ६० जनाले संग्रालय भ्रमण गरेका छन्।

    महिनागत विवरणअनुसार साउनमा ७ हजार २४७, भदौमा ४ हजार ६८५, असोजमा ६ हजार ११९, कार्तिकमा १८ हजार ४५५, मंसिरमा २६ हजार ७१०, पुसमा १३ हजार १९४, माघमा १० हजार ८८६ र फागुनमा ८ हजार ८०६ जनाले संग्रालय अवलोकन गरेका छन्।

    पर्यटन तथा शैक्षिक भ्रमणको मुख्य सिजन मानिने कार्तिक, मंसिर, पुस र माघ महिनामा अवलोकनकर्ताको संख्या उच्च रहेको थियो। अब वर्षायाम सुरु हुने भएकाले आगामी महिनामा अवलोकनकर्ताको संख्या घट्ने अनुमान गरिएको प्रमुख कार्कीले बताए।

    यस अवधिमा संग्रालयले अवलोकनकर्ताबाट २० लाख ९० हजार १६० रुपैयाँ राजश्व संकलन गर्न सफल भएको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page