नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका गर्न हिँडेका पदमार्गको प्रचारका निम्ति पदयात्रा सुरु भएको हो ।
पदमार्गमा पर्ने कोट, गढी, किल्लाहरुको संरक्षण तथा तिनको इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउनुका पदयात्राको उद्देश्य भएको भद्रदल गणका गणपति गौरवसिंह क्षेत्रीले जानकारी दिए ।

गोरखा दरबारबाट आज बिहान सखारै प्रारम्भ भएको पदयात्रा तनहुँको सतिघाट– भन्सार–भीमसेनगढी–बाङ्गेरह– सेपाबगैँचा–टुहुरेपसल–तनहुँसुर –धेनुङ देउराली– केलादीघाट हुँदै आगामी वैशाख ७ गते पाल्पाको जितगढी पुगेर समापन हुनेछ । रासस
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण