logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

रास्वपा नगर सभापति पाण्डेद्वारा पालुङटारका प्राथमिक विकास आयोजना संघीय बजेटमा समावेश गर्न सांसद बुर्लाकोटीसँग माग

रास्वपा नगर सभापति पाण्डेद्वारा पालुङटारका प्राथमिक विकास आयोजना संघीय बजेटमा समावेश गर्न सांसद बुर्लाकोटीसँग माग


  • आइतबार, चैत्र २९ २०८२
  • 3.1K
    SHARES

    गोरखा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पालुङटार नगरपालिकाका नगर सभापति आनन्दराज पाण्डेले गोरखा क्षेत्र नं. २ का संघीय सांसद कविन्द्र बुर्लाकोटीलाई पालुङटार क्षेत्रका प्राथमिक विकास आयोजनाहरू संघीय बजेटमा समावेश गरिदिन माग गर्दै पत्राचार गरेका छन्।

    पाण्डेले पठाएको पत्रमा पालुङटार नगरपालिकाको दीर्घकालीन विकास, आर्थिक रूपान्तरण, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विस्तारसँग सम्बन्धित विभिन्न आयोजना समावेश गर्न आग्रह गरिएको छ।

    पत्रमा चेपे–मर्स्याङ्दी दोभानमा बहुउद्देश्यीय बाँध निर्माण, छेबेटार–मसानेठाँटी दरौदी बाँध आयोजना, गोरखाकाली टायर उद्योग सञ्चालन, पालुङटार एयरपोर्ट सञ्चालन वा वैकल्पिक उपयोग, लिगलिगकोट पर्यटन विकास गुरुयोजना, तथा पालुङटारलाई शैक्षिक हबका रूपमा विकास गर्ने विषयहरू समेटिएका छन्।

    त्यसैगरी आँपपिपल अस्पताल स्तरोन्नति तथा नर्सिङ शिक्षा सञ्चालन, कृषिमा आधारित उद्योग स्थापना, र वडा तथा नगरभित्रका सडक पूर्वाधार विस्तारलाई पनि प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्न आग्रह गरिएको छ।

    पत्रमा मध्यपहाडी लोकमार्ग, विभिन्न अधुरा सडक आयोजना तथा वडा नं. ८ र १ लगायत क्षेत्रमा अलपत्र रहेका सडकहरूको दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने विषयसमेत उल्लेख गरिएको छ।

    साथै वडा नं. ७ ढल्केबरस्थित बेवारिसे अपार्टमेन्ट भवनको उचित उपयोग, खानेपानी, सिंचाइ, युवा तथा खेलकुद क्षेत्रका योजनाहरूलाई समेत प्राथमिकताका आधारमा संघीय, प्रदेश र स्थानीय तहबाट बजेट व्यवस्थापन गर्न सहजीकरण गरिदिन अनुरोध गरिएको छ।

    पाण्डेले उल्लेखित योजनाहरूले गोरखा क्षेत्र नं. २ को आर्थिक, सामाजिक तथा भौतिक विकासमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै आवश्यक पहल गरिदिन सांसद बुर्लाकोटीसँग आग्रह गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page