गोरखा — व्यावसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटी ले गोरखामा लक्जरी हेरिटेज ‘समिट होटेल’ निर्माण सुरु गरेको छ। गोरखालाई अन्तर्राष्ट्रियस्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित परियोजना अघि बढाइएको हो।
ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण गोरखा दरबार नजिकै निर्माण सुरु गरिएको उक्त होटलको बिहीबार शिलान्यास गरिएको हो। काठमाडौंको ऐतिहासिक समिट होटेलको विरासतबाट प्रेरित यस परियोजनालाई आधुनिक सुविधा र नेपाली मौलिकता समेटिएको लक्जरी रिसोर्टका रूपमा विकास गरिने कम्पनीले जनाएको छ।
करिब ३० रोपनी क्षेत्रफलमा फैलिने यो परियोजनामा करिब ३० वटा लक्जरी कोठाहरू रहनेछन्। होटलको रुम रेट करिब पाँच सय अमेरिकी डलरसम्म रहने अनुमान गरिएको छ। परियोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सीजी हस्पिटालिटीका अनुसार यस परियोजनाको मुख्य उद्देश्य गोरखालाई नेपालका प्रमुख लक्जरी पर्यटन सर्किटमा जोड्नु हो। यसले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्दै स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा कार्यकारी अधिकृत राहुल चौधरीले गोरखा नेपालको इतिहास र संस्कृतिसँग गहिरो रूपमा जोडिएको क्षेत्र भएकाले यस परियोजनाले देशको मौलिकता विश्वसामु प्रस्तुत गर्न मद्दत गर्ने बताएका छन्।
परियोजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा लगानी आकर्षणमा पनि योगदान पुर्याउने विश्वास गरिएको छ। यसअघि चौधरी ग्रुपले काठमाडौंको ठमेलमा ‘द रिट्ज–कार्लटन’ होटल निर्माणको शिलान्याससमेत गरिसकेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी