काठमाडौं — इन्धन अभाव र यसको दीर्घकालीन असरलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले अधिकारीहरूको सवारीसाधन प्रयोगलाई व्यवस्थित गर्न ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार विश्वव्यापी रूपमा देखिएको इन्धन संकटका कारण अत्यावश्यक सेवामा असर नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। इन्धनको खपत घटाउँदै उपलब्ध स्रोतको प्रभावकारी प्रयोग गर्न ‘कार पुलिङ’ प्रणाली लागू गरिएको उनले बताइन्।
महानगरपालिकाको ४८औँ कार्यपालिका बैठकले इन्धन कोटा कटौती गर्ने निर्णय गरेपछि सोही निर्णयअनुसार नयाँ प्रणाली सुरु गरिएको हो। यस कार्यक्रमअन्तर्गत बसोबास क्षेत्रका आधारमा नजिक–नजिक बस्ने अधिकारीहरूको समूह बनाई एउटै सवारीसाधन आलोपालो प्रयोग गर्ने व्यवस्था गरिएको छ।
यस प्रणालीअनुसार अधिकारीहरूले आफ्नो सवारीसाधन आलोपालो सञ्चालन गर्दै सहकर्मीलाई पनि सेवा दिनेछन्, जसले कार्यालय आवत–जावतमा प्रयोग हुने सवारीसाधनको संख्या र इन्धन खपत दुवै घट्ने महानगरको विश्वास छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण