काठमाडौँ — गृहमन्त्री सुधन गुरुङको नाममा धनकुटा, चितवन र गोरखामा जग्गा रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार चितवनको भरतपुर–१८ मा ३० कट्ठा र गोरखाको चुमनुब्री–३ मा २२१ रोपनी जग्गा रहेको उल्लेख छ।
त्यसैगरी धनकुटाको कार्कीछापमा १९ रोपनी जग्गा रहेको विवरणमा उल्लेख छ। मन्त्री गुरुङसँग ८९ तोला सुन, ६ किलो चाँदी तथा करिब ६० लाख रुपैयाँ नगद रहेको जनाइएको छ।
बैंक खातातर्फ नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४ सय रुपैयाँ र सानिमा बैंकमा १ हजार ५७४ रुपैयाँ रहेको विवरणमा उल्लेख छ। नगद आम्दानीको स्रोत भने खुलाइएको छैन।
सुनलाई पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ।
त्यस्तै मन्त्री गुरुङको शेयर लगानी पनि रहेको छ। होप होल्डिङमा ३० हजार कित्ता (करिब ३० लाख रुपैयाँ बराबर) र लगुम प्रिमियममा ५७ हजार कित्ता (करिब ५७ लाख रुपैयाँ बराबर) शेयर रहेको उल्लेख छ। उनले कुल २ करोड ७४ लाख ५६ हजार रुपैयाँ बराबरको शेयर कारोबार रहेको पनि विवरणमा उल्लेख गरेका छन्।
उनको नाममा ४७ लाख ९९ हजार रुपैयाँमा खरिद गरिएको एमजी गाडी पनि रहेको विवरणमा उल्लेख छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी