logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

अर्थमन्त्री स्वर्णिम वाग्लेको चार ठाउँमा घर र अपार्टमेन्ट, साढे ३ करोड ऋण

अर्थमन्त्री स्वर्णिम वाग्लेको चार ठाउँमा घर र अपार्टमेन्ट, साढे ३ करोड ऋण


  • आइतबार, चैत्र २९ २०८२
  • 2.2K
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार उनका विभिन्न स्थानमा चार वटा घर तथा अपार्टमेन्ट रहेको उल्लेख छ।

    सार्वजनिक विवरणमा ललितपुरको सानेपामा २ करोड रुपैयाँ मूल्यको अपार्टमेन्ट, ललितपुरमै ५ करोड रुपैयाँको घर, काभ्रेमा ३ करोड ७५ लाख रुपैयाँको अपार्टमेन्ट र तनहुँमा २ करोड रुपैयाँको घर रहेको जनाइएको छ।

    त्यस्तै, अर्थमन्त्री वाग्लेसँग करिब १ करोड ९० लाख रुपैयाँ बैंक मौज्दात रहेको तथा विभिन्न कम्पनीहरूमा ४ करोडभन्दा बढीको सेयर लगानी रहेको विवरणमा उल्लेख छ। सानिमा मिडल तमोर हाइड्रो, सांग्रिला डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरूमा सेयर स्वामित्व रहेको जनाइएको छ।

    ऋणतर्फ राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक तथा व्यक्तिगत सापटीसमेत गरी करिब ३ करोड ५० लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गरिएको छ। साथै, उनले ४५ तोला सुन रहेको पनि सार्वजनिक विवरणमा जनाइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page