logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

महिलामन्त्री बादीसँग १८ तोला सुन, २० वटा कुखुरा र एउटा कुकुर

महिलामन्त्री बादीसँग १८ तोला सुन, २० वटा कुखुरा र एउटा कुकुर


  • आइतबार, चैत्र २९ २०८२
  • 2.7K
    SHARES

    काठमाडौं — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्, जसमा सामान्यदेखि विविध प्रकारका सम्पत्तिहरू समेटिएका छन्।

    सार्वजनिक विवरण अनुसार, मन्त्री बादीले घरमा पालेका २० वटा कुखुरा र एक कुकुरलाई पनि सम्पत्तिको रूपमा उल्लेख गरेकी छन्। साथै, प्रयोगमा रहेका तीन वटा ल्यापटप र दुई वटा मोबाइल फोनलाई समेत उनले आफ्नो सम्पत्तिमा समावेश गरेकी छन्।

    यातायात साधनतर्फ, मन्त्री बादीको नाममा करिब ३ लाख ३० हजार रुपैयाँ मूल्यको स्कूटर रहेको छ भने उनका श्रीमान् सुरेश पुर्कुटीको नाममा पल्सर मोटरसाइकल रहेको उल्लेख गरिएको छ।

    त्यसैगरी, श्रीमान–श्रीमती दुवैको नाममा विभिन्न कम्पनीहरूको ५ हजार ६०० कित्ता सेयर रहेको विवरणमा उल्लेख छ। बैंक बचततर्फ, विभिन्न बैंकमा गरी करिब १५ लाख रुपैयाँ रहेको जनाइएको छ।

    विवाहको समयमा प्राप्त गहनाहरू पनि सम्पत्ति विवरणमा समेटिएका छन्, जसअनुसार मन्त्री बादीसँग १८ तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page