काठमाडौं — भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक भएको छ, जसअनुसार उनी आर्थिक रूपमा सम्पन्न देखिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, लम्सालसँग विभिन्न स्थानमा जग्गा रहेको छ। तीमध्ये अधिकांश सम्पत्ति परिवारका सदस्यहरूको नाममा रहेको उल्लेख गरिएको छ।
विवरण अनुसार, जमुना लम्सालको नाममा तिलोत्तमा नगरपालिकामा १ कट्ठा १० धुर र कावासोतीमा १० कट्ठा १५ धुर जग्गा रहेको छ। साथै, विरुवा नगरपालिकामा बोधराज लम्सालको नाममा ७ रोपनी खेत, १४ रोपनी बारी तथा थप ८ रोपनी बारी रहेको उल्लेख गरिएको छ।
मन्त्री लम्सालसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको विवरणमा उल्लेख भए पनि ती सम्पत्तिको स्रोत भने खुलाइएको छैन।
त्यसैगरी, उनले करिब ९० लाख रुपैयाँ नगद रहेको जनाएका छन्। तर उक्त रकम कुन बैंकमा राखिएको हो र त्यसको स्रोत के हो भन्नेबारे विवरणमा स्पष्ट उल्लेख गरिएको छैन।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड