काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्, जसमा जग्गा, सेयर, सुन तथा बैंक बचतसम्बन्धी विवरण समेटिएको छ।
विवरण अनुसार, उनले काठमाडौंको सौखेलमा ७ आना जग्गा ५६ लाख रुपैयाँमा खरिद गरेको उल्लेख गरेकी छन्। साथै, परिवारका सदस्यहरूको नाममा करिब ८ बिघा जग्गा रहेको पनि विवरणमा उल्लेख गरिएको छ।
मन्त्री मेहताले आफ्नो तलब सुविधाबाट नै जग्गा तथा विभिन्न कम्पनीका सेयर खरिद गरेको बताएकी छन्। उनका अनुसार जीएचएलको ६९ कित्ता (१४ हजार ६५९ रुपैयाँ), एचडीएचएको ८८ कित्ता (१९ हजार ८८८ रुपैयाँ), जीबीएलभीको २८ कित्ता (३६ हजार ५९६ रुपैयाँ) र निफ्राको ६४ कित्ता (१७ हजार २०२ रुपैयाँ) बराबरको सेयर खरिद गरिएको छ।
गहनातर्फ, उनले ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरेकी छन्, जुन दाइजो तथा उपहारस्वरूप प्राप्त भएको जनाइएको छ।
बैंक बचततर्फ, माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३६ रुपैयाँ र सानिमा बैंकमा १ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।
त्यसैगरी, उनले २५ लाख रुपैयाँमा ग्राण्ड आई १० गाडी पनि तलबबाटै खरिद गरेको उल्लेख गरेकी छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी