लमजुङ, २ वैशाख २०८३ — मर्स्याङ्दी गाउँपालिका–३ स्थित पर्यटकीय स्थल हर्सिङडाँडा जाने गोरेटो बाटो, ननाम्रो तथा घोसिङ मोटरबाटो लगायतका पूर्वाधारहरूको स्थलगत अनुगमन गरिएको छ। गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको नेतृत्वमा भएको उक्त अनुगमनमा वडा नं. ३ का वडा अध्यक्ष दुधमान तामाङ, कार्यपालिका सदस्य पारकाशी गुरूङ, कृषि विकास शाखा प्रमुख विनोद दाहाल, पूर्व वडा अध्यक्ष प्रेम बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो।
अनुगमन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले हर्सिङडाँडा क्षेत्रको पूर्वाधार विकासलाई दीर्घकालीन योजनासहित अघि बढाइरहेको बताए। उनले ग्रामीण सडक तथा पर्यटकीय पूर्वाधार सुधारलाई गाउँपालिकाको प्राथमिकतामा राखिएको उल्लेख गरे।
“हाम्रो उद्देश्य ग्रामीण क्षेत्रका सडक तथा पर्यटकीय पूर्वाधारलाई दीर्घकालीन रूपमा गुणस्तरीय बनाउनु हो,” अध्यक्ष गुरूङले बताए।

त्यसैगरी, मर्स्याङ्दी गाउँपालिका–४ कालागिरिङमा न्यू स्टार युवा क्लबद्वारा आयोजित १८औँ NSYC Cup–२०८२ को उद्घाटन कार्यक्रम पनि सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष तुल बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष वल बहादुर गुरूङ, वडा सदस्यहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गुरूङले खेलकुदले युवामा अनुशासन, एकता र क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
“युवा लक्षित यस्ता खेलकुद कार्यक्रमहरूले सामाजिक एकता मजबुत बनाउनुका साथै प्रतिभा विकासमा ठूलो योगदान पुर्याउँछन्,” उनले भने।

गाउँपालिकाले यस्ता कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा युवाको क्षमता अभिवृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी