logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

मनास्लुमा पर्यटक आगमनको नयाँ रेकर्ड, २०८२ मा झन्डै १५ हजार पुगे

मनास्लुमा पर्यटक आगमनको नयाँ रेकर्ड, २०८२ मा झन्डै १५ हजार पुगे


  • बिहिबार, बैशाख ३ २०८३
  • 2.8K
    SHARES

    मनास्लु क्षेत्रमा पर्यटक आगमनले नयाँ कीर्तिमान कायम गरेको छ। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार आर्थिक वर्ष २०८२ मा कुल १४ हजार ८९९ जना विदेशी तथा स्वदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्, जुन अहिलेसम्मकै उच्च संख्या हो।

    एमक्यापका सूचना अधिकारी भुवन ओझाका अनुसार आर्थिक वर्ष २०८१ मा १० हजार ४२३ जना पर्यटक मनास्लु पुगेका थिए। अघिल्लो वर्षको तुलनामा २०८२ मा ४ हजार ४७६ जना पर्यटक थपिएका हुन्। उनका अनुसार प्रत्येक महिनाको तथ्यांक तुलना गर्दा २०८१ को तुलनामा २०८२ मा अधिकांश महिनामा पर्यटक संख्या वृद्धि भएको देखिन्छ, जसले मनास्लु क्षेत्रको पर्यटन सुधार हुँदै गएको संकेत गर्दछ।

    एमक्यापका अनुसार वैशाख, जेठ, असोज र कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएका छन्। असार, साउन र माघजस्ता अफ–सिजन महिनामा पनि पर्यटक संख्या उल्लेखनीय रूपमा बढेको देखिएको छ। यद्यपि, अन्य महिनामा वृद्धि भए पनि चैत्र महिनामा भने पर्यटक आगमनमा कमी आएको पाइएको छ।

    एमक्यापले विश्वव्यापी अवस्थाको प्रभाव पनि औंल्याएको छ। अमेरिका, इजरायल, इरान तथा केही अरबी मुलुकहरूमा देखिएको युद्ध र बढ्दो तनावका कारण विश्व पर्यटनमा असर परेको निष्कर्ष निकालिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page