logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

आरूघाटमा नवनियुक्त मन्त्री न्यौपानेलाई स्वागत तथा सम्मान

आरूघाटमा नवनियुक्त मन्त्री न्यौपानेलाई स्वागत तथा सम्मान


  • शुक्रबार, बैशाख ४ २०८३
  • 2.1K
    SHARES

    गोरखा — आरूघाट गाउँपालिकाले गण्डकी प्रदेशका नवनियुक्त ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नन्द प्रसाद न्यौपानेलाई हार्दिक स्वागत एवम् सम्मान गरेको छ।

    मन्त्री पद सम्हालेपछि पहिलो पटक आरूघाट पुग्नुभएका मन्त्री न्यौपानेलाई गाउँपालिकाका अध्यक्ष राजु गुरुङले खादा ओढाएर स्वागत गर्नुभएको थियो। यस अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपाली, प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठ, वडाअध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

    यसै क्रममा भिमदय बहुमुखी क्याम्पस ले मन्त्री न्यौपानेलाई विशेष सम्मान प्रदान गरेको थियो। क्याम्पसका प्रतिनिधिहरूले उहाँको नियुक्तिले क्षेत्रको ऊर्जा, जलस्रोत तथा खानेपानी विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।  उनी आरूघाट गाउँपालिका मान्बुका हुन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page