logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

सरला–कुमार अक्षय कोषद्वारा काभ्रेमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा काभ्रेमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


  • मंगलबार, बैशाख १५ २०८३
  • 2K
    SHARES

    काभ्रे — तत्कालीन जनयुद्धका क्रममा ज्यान गुमाएका सरला अधिकारी र कुमार चौलागाईँको स्मृतिमा स्थापित सरला–कुमार अक्षय कोषले सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रेमा शैक्षिक सामग्री वितरण गरेको छ।

    कोषका अध्यक्ष यन प्रसाद अधिकारी (राजु) ले काभ्रेको छेडास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सत्र २०८३ का लागि ईसीडीदेखि कक्षा ६ सम्मका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री वितरण गरेका हुन्। उक्त सामग्री विद्यालयका प्रधानाध्यापक रामचन्द्र चौलागाईँ तथा शिक्षक–शिक्षिकामार्फत विद्यार्थीलाई हस्तान्तरण गरिएको थियो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ गौतम (ठाकुर) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य तथा नेकपा केन्द्रीय सदस्य घनश्याम गौतमलगायत स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    सरला अधिकारी र कुमार चौलागाईँ दुवै जना सोही विद्यालयका पूर्व विद्यार्थी रहेका थिए। उनीहरूको २०५४ सालमा तत्कालीन द्वन्द्वका क्रममा निधन भएको थियो। उनीहरूको स्मृतिमा परिवारका सदस्यहरू यन प्रसाद अधिकारी, ढोग प्रसाद अधिकारी र नवराज चौलागाईँको पहल तथा विद्यालयको सहयोगमा विद्यालय परिसरमै सालिक निर्माण गरिएको छ।

    अक्षय कोषले आगामी दिनमा पनि शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page