काठमाडौँ — गोकर्णेश्वर नगरपालिका–५, जोरपाटीस्थित नयाँबस्ती युवा क्लबले पहिलो पटक आफ्नो भित्ते पात्रो सार्वजनिक गरेको छ।
आइतबार आयोजित एक विशेष कार्यक्रमबीच क्लबको भित्ते पात्रो सार्वजनिक गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा क्लबका सल्लाहकार, नगर प्रवक्ता एवं वडा अध्यक्ष नारायण बहादुर सुवेदी, क्लबका अध्यक्ष चन्द्रमणि गौतम, पूर्व अध्यक्ष श्याम पुडासैनी, कृष्णराज पुडासैनी, क्लबका संस्थापक तथा सामाजिक अभियन्ता उत्तम पुडासैनी, पूर्व अध्यक्ष सुरज बोहरा, सुभाष पुडासैनी, दीपक सन्जेल र रामकुमार तामाङलगायतले संयुक्त रूपमा भित्ते पात्रो सार्वजनिक गरेका थिए।
भित्ते पात्रो प्रकाशनमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरूप्रति कार्यक्रममा विशेष आभार व्यक्त गरिएको थियो। सहयोगीहरूमा विश्रान्ती तरकारी बजारका प्रमुख छबी ओझा, व्यवसायी यनप्रसाद अधिकारी, राजु सोफा हब काठमाडौंका तारालाल धरेल, गोठालो फार्म हाउसका विनोद अधिकारी, जम्प एन्ड स्केट गोकर्णेश्वर–५ तथा आदय ज्वेलर्सका आदित्य श्रीवास्तव रहेका छन्।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदीले समाजसँग गहिरो सम्बन्ध जोडिएको क्लबसँग निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सञ्चालन क्लबका सचिव रामचन्द्र दंगालले गरेका थिए।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण