काठमाडौं — काठमाडौं महानगरपालिकाले युवालाई सिपमूलक तथा रोजगारमुखी फोटोग्राफी तालिम प्रदान गर्ने उद्देश्यले चलचित्र विकास बोर्डसँग सम्झौता गरेको छ।
‘रोजगारी र आय वृद्धिः काठमाडौंको समृद्धि’ गौरव योजना अन्तर्गत मंगलबार महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र बोर्डका अध्यक्ष दिनेशराज दाहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले चलचित्र निर्माणका लागि काठमाडौंलाई खुला स्टुडियोको रूपमा विकास गर्न महानगर र बोर्डबीच सहकार्य सम्भव रहेको बताइन्। उनले डबली, चोक र ननीहरूमा चलचित्र प्रदर्शन गर्ने, समुदायस्तरमा चलचित्र तथा श्रव्यदृश्य उत्पादन सम्बन्धी तालिम सञ्चालन गर्ने योजना रहेको पनि जानकारी दिइन्।
उनका अनुसार बाहिरी वडाका पार्कहरूमा समेत चलचित्र प्रदर्शन कार्यक्रम विस्तार गर्ने तयारी गरिएको छ।
त्यसैगरी चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले फोटोग्राफी तालिममार्फत सुरु भएको सहकार्यलाई रचनात्मक उद्योग विकास र प्रवर्द्धनसम्म विस्तार गर्न तयार रहेको बताए।
सम्झौता अनुसार ४० जनालाई फोटोग्राफी सम्बन्धी कोर्समा आधारित तालिम प्रदान गरिनेछ। तालिमको लागतमा काठमाडौं महानगरपालिकाले ८० प्रतिशत र चलचित्र विकास बोर्डले २० प्रतिशत व्यहोर्ने सहमति भएको छ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण