लमजुङ — क्व्होलासोंथार गाउँपालिका–६, पसगाउँमा नवनिर्मित समृद्धि टोल आमा समूह भवन औपचारिक रूपमा उद्घाटन गरिएको छ। गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले एक कार्यक्रमकाबीच भवनको समुद्घाटन गर्नुभएको हो।
आमा समूहकी अध्यक्ष मुनी कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष मनलाल गुरुङ, संरक्षण क्षेत्र व्यवस्थापन समिति सञ्जालका अध्यक्ष चन्द्रप्रसाद गुरुङ लगायत विभिन्न व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा सदस्यहरू, विभिन्न आमा समूह, युवा क्लब तथा सामाजिक संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन समृद्धि टोल आमा समूहकी सचिव चन्द्र कुमारी घर्ती र पसगाउँ सामूहिक होमस्टेका सहसचिव भक्तबहादुर गुरुङले संयुक्त रूपमा गर्नुभएको थियो।
उद्घाटन समारोहका अवसरमा प्रस्तुत सांस्कृतिक कार्यक्रमहरूले कार्यक्रमलाई थप आकर्षक तथा मनोरञ्जनात्मक बनाएको थियो। भवन निर्माणका लागि गाउँपालिका सहित विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट आर्थिक सहयोग जुटाइएको जनाइएको छ।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष गुरुङले यस्ता सामुदायिक संरचनाहरूलाई सामाजिक क्रियाकलापका साथै सीपमूलक र आयमूलक गतिविधिमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सामुदायिक एकता र स्थानीय विकासमा यस्ता पूर्वाधारले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी