गोरखा — धार्चे गाउँपालिका वडा नं. ५ रेसे फाटस्थित वाटर इनर्जी हाइड्रो परियोजनाअन्तर्गत सुरुङ निर्माण कार्यको औपचारिक शुभारम्भ गरिएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले एक कार्यक्रमका बीच सुरुङ निर्माणको उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहमा वाटर इनर्जीका प्रतिनिधिहरू, वडा जनप्रतिनिधिहरू तथा स्थानीय सरोकारवाला व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सुरुङ निर्माणका लागि आवश्यक प्रारम्भिक ‘ब्लास्टिङ’ (विस्फोटन) कार्य समेत सुरु गरिएको जनाइएको छ।
परियोजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै ऊर्जा उत्पादनमार्फत क्षेत्रीय विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। गाउँपालिकाले यस्ता पूर्वाधार विकासका आयोजनालाई प्राथमिकतामा राख्दै समग्र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको जनाएको छ।
स्थानीयवासीले परियोजनाको सफल कार्यान्वयनले क्षेत्रको पूर्वाधार विकास र जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण