logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

एफएनसीसीआई चुनाव: केन्द्रीय सदस्यमा निराजन चलाउनेको उम्मेदवारी

एफएनसीसीआई चुनाव: केन्द्रीय सदस्यमा निराजन चलाउनेको उम्मेदवारी


  • बिहिबार, बैशाख १७ २०८३
  • 2.8K
    SHARES

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि उद्योगी व्यवसायी निराजन चलाउनेले केन्द्रीय कार्यकारिणी सदस्य (वस्तुगततर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

    चलाउनेले वस्तुगत संघ–संस्थाहरूलाई बलियो बनाउने, निजी क्षेत्रका साझा मुद्दा प्रभावकारी रूपमा उठाउने र महासंघलाई अझ क्रियाशील तथा परिणाममुखी बनाउने एजेन्डासहित चुनावमा होमिएको बताएका छन्।

    लामो समयदेखि उद्योग, व्यापार र उद्यमशीलतामा सक्रिय चलाउनेलाई वस्तुगत क्षेत्रभित्र समन्वयकारी र समाधान खोज्ने नेतृत्वका रूपमा चिनिन्छ। आफ्नो यही अनुभवलाई महासंघको नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको उनले बताए।

    उम्मेदवारी घोषणा गर्दै उनले निजी क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गरे। महासंघले अब औपचारिक भूमिकामा सीमित नरही नीतिगत दबाब सिर्जना गर्ने, सरकारसँग प्रभावकारी संवाद गर्ने र व्यवसायीका समस्या समाधानमा सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

    ‘महासंघ निजी क्षेत्रको छाता संस्था हो, यसले सदस्यको विश्वास जित्ने र परिणाम दिने नेतृत्व दिनुपर्छ,’ उनले भने, ‘नीतिगत अन्योल, कर प्रशासनका समस्या, उत्पादन र लगानीका अवरोधलाई केन्द्रीय तहमा बलियो रूपमा उठाएर समाधान खोज्नु मेरो प्राथमिकता हुनेछ।’

    चलाउनेले वस्तुगत क्षेत्रको उपस्थिति केवल संख्यामा नभई निर्णय प्रक्रियामा प्रभावकारी हुनुपर्नेमा जोड दिए। साथै व्यवसायीका आवाजलाई सरकार र नीति निर्मातासम्म परिणामसहित पुर्‍याउने आफ्नो लक्ष्य रहेको बताए।

    उनका अनुसार अहिले निजी क्षेत्रलाई भाषणभन्दा बढी लबिङ, पैरवी र नतिजामुखी काम चाहिएको छ। यही आधारमा आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै उनले व्यवसायीहरूको समर्थन पाउने विश्वास व्यक्त गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page