काठमाडौं, २०८३ वैशाख २१ — काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र टोखा नगरपालिकाबीच टोखा नगरपालिका क्षेत्रभित्र सि.सि.टि.भि. क्यामेरा जडान गर्ने सम्बन्धमा समझदारी-पत्र (MoU) मा हस्ताक्षर तथा आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
समझदारी-पत्रमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको उल्लेख गर्दै नेपाल प्रहरीसँग सहकार्य गरी सि.सि.टि.भि. जडान कार्य अघि बढाइएको बताउनुभयो।
सोही अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले स्थानीय सरकारले नागरिक सुरक्षालाई प्राथमिकता दिँदै सुरक्षा क्षेत्रमा गरेको लगानी सराहनीय रहेको बताउँदै सि.सि.टि.भि. प्रणालीले अपराध नियन्त्रण, अनुसन्धान तथा प्रमाण सङ्कलनमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षकहरू, टोखा नगरपालिकाका प्रशासकीय अधिकृत, प्रहरी उपरीक्षकहरू तथा अन्य वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण