गोरखा — सहिद लखन गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा भइरहेको अतिक्रमण नियन्त्रण गर्न ३५ दिने अल्टिमेटमसहित सूचना जारी गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालय, घैरुङ्गले सोमबार एक सूचना प्रकाशित गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक जग्गा, ऐलानी तथा पर्ती जमिन, सार्वजनिक भवन र भौतिक पूर्वाधारको संरक्षणका लागि यस्तो निर्णय गरिएको जनाएको छ।
सूचनामा गाउँपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा अतिक्रमण नगर्न तथा जोखिमपूर्ण स्थानमा बसोबास नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। नदी तथा खोलाको बहाव क्षेत्र, ऐलानी तथा पर्ती जमिनमा अनुमति बिना निर्माण गरिएका संरचनाहरू हटाउन समेत निर्देशन दिइएको छ।
गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले यसअघि नै २९७ जना अव्यवस्थित बसोबासी, १० जना भूमिहीन दलित र ९ जना भूमिहीन सुकुम्बासीको विवरण राष्ट्रिय भूमि आयोगमा पठाइसकिएको जानकारी दिए।
उनका अनुसार उक्त सूचीमा नपरेका व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सार्वजनिक जग्गामा बनाएका संरचनाहरू हटाउनुपर्नेछ।
“तोकिएको समयभित्र संरचना नहटाए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ,” अध्यक्ष थापा मगरले बताए।
गाउँपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित उपयोग सुनिश्चित गर्न यस्तो अभियान अघि बढाएको जनाएको छ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण