लमजुङ: राइनास नगरपालिकाले नगर क्षेत्रभित्र अतिक्रमित सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ। सोमबार जारी सूचनामार्फत नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण तथा अतिक्रमण नियन्त्रणमा सहयोग गर्न सम्पूर्ण नगरवासीलाई अनुरोध गरेको हो।
नगर कार्यपालिकाको कार्यालयले मिति २०८३ वैशाख १७ गतेको निर्णयअनुसार सार्वजनिक जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका घर, टहरा तथा अन्य संरचना तोकिएको समयसीमाभित्र आफैं हटाउन आग्रह गरेको जनाएको छ।
सूचनामा भनिएको छ कि सार्वजनिक जग्गाको संरक्षण स्थानीय तहको प्राथमिक दायित्व भएकाले अतिक्रमण हटाउन सबै सरोकारवालाको सहकार्य आवश्यक छ।
नगरपालिकाले स्पष्ट पारेअनुसार १५ दिनभित्र संरचना नहटाइएमा प्रचलित कानुनबमोजिम नगरपालिकाले नै हटाउनेछ। साथै, हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट सरकारी बाँकीसरह असुल गरिने र आवश्यक कानुनी कारबाहीसमेत अगाडि बढाइने चेतावनी दिइएको छ।
नगरपालिकाले नागरिकलाई स्वेच्छिक रूपमा अतिक्रमण हटाई सहयोग गर्न आग्रह गर्दै सार्वजनिक सम्पत्तिको दीर्घकालीन संरक्षणमा साथ दिन अपिल गरेको छ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा