काठमाडौं — टोखा नगरपालिकाले सार्वजनिक स्थानको व्यवस्थापन तथा शहरी सौन्दर्य कायम राख्ने उद्देश्यले फुटपाथमा गरिने व्यापार र अनाधिकृत पार्किङ हटाउन कडा निर्देशन जारी गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका मुख्य तथा सहायक सडकमा नियम उल्लङ्घन नगर्न स्पष्ट निर्देशन दिएको हो।
नगरपालिकाले आज एक सूचना जारी गर्दै सडकका दायाँ–बायाँ फुटपाथमा ठेलागाडा वा पसल राखेर व्यापार नगर्न, पसल वा सटर बाहिर सामान राखेर बिक्री नगर्न तथा अनाधिकृत रूपमा सवारी साधन पार्किङ नगर्न आग्रह गरिएको छ। साथै, सार्वजनिक स्थानमा निर्माण सामग्री जथाभावी रूपमा नथुपार्न समेत अनुरोध गरिएको छ।
नगरपालिकाका अनुसार यस्ता गतिविधिका कारण सर्वसाधारणलाई हिँडडुलमा असुविधा, सडक दुर्घटनाको जोखिम वृद्धि तथा शहरी सौन्दर्यमा नकारात्मक असर परेको पाइएकाले यो निर्णय गरिएको हो।
सूचनामा चेतावनी दिँदै नियमको अवज्ञा गरेमा नगरपालिकाको प्रचलित कानुनअनुसार आवश्यक कारबाही तथा जरिवाना गरिने प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिएका छन् ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण