गोरखा । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री नम्डु गुरुङ ले डिभिजनल वन कार्यालय गोरखाको अनुगमन तथा निरीक्षण गरेका छन् । बुधबार गरिएको अनुगमनका क्रममा मन्त्री गुरुङले कार्यालयले सम्पादन गर्दै आएका विभिन्न कार्यक्रमहरूको स्थलगत अवलोकन तथा मूल्यांकन गरेका थिए ।
डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यका अनुसार मन्त्री गुरुङले चालु कार्यक्रमहरूको प्रगति तथा कार्यान्वयन अवस्थाबारे जानकारी लिएका थिए ।
अनुगमनका क्रममा मन्त्री गुरुङले गोरखा नगरपालिका–९ शिखरस्थित लक्ष्मी महिला सामुदायिक वनले सञ्चालन गरेको सिताके च्याउ खेतीको निरीक्षण गरेका थिए ।
त्यसैगरी, सहिदलखन गाउँपालिकास्थित रामलक्ष्मण सामुदायिक वनमा मिचाहा प्रजाति नियन्त्रण तथा वनमा रहेका प्रज्वलनशील पदार्थबाट मल उत्पादन गर्ने कार्यक्रमको पनि अनुगमन गरिएको उनले जानकारी दिए ।
वनमन्त्री गुरुङले विभिन्न स्थानमा सञ्चालन भइरहेका सोलार फेन्सिङ (Solar Fencing) सम्बन्धी कार्यक्रमहरूको समेत स्थलगत अनुगमन गरेका थिए । अनुगमनका क्रममा उनले वन संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव समेत दिएका डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा