गोरखा — सिरानचोक गाउँपालिकाले बालबालिकाको स्वास्थ्य संरक्षणलाई ध्यानमा राख्दै सुर्तीजन्य पदार्थ तथा विषादीको बिक्री–वितरणमा कडाइ गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले मिति २०८३/०१/२८ मा गरेको निर्णयअनुसार १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा विद्यालय पोशाकमा रहेका विद्यार्थीलाई लक्षित गरी सुर्तीजन्य पदार्थ (चुरोट, सुर्ती, खैनी, पराग, गुट्खा लगायत), विषादी तथा प्रतिबन्धित औषधिहरू बिक्री–वितरण गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
उक्त निर्णय उल्लङ्घन गर्ने पसल, स्टोर वा व्यवसायीमाथि व्यवसाय दर्ता तथा नवीकरण नगर्ने तथा प्रचलित कानुनअनुसार थप कारबाही गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले यो सूचना सम्पूर्ण व्यवसायी, पसल सञ्चालक तथा सर्वसाधारणको जानकारीका लागि जारी गरेको हो। साथै, बालबालिकाको संरक्षणका लागि अभिभावक तथा समुदायलाई समेत निगरानी र सचेतना बढाउन आग्रह गरिएको छ।
गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बालबालिकाको स्वास्थ्य र सुरक्षित भविष्य सुनिश्चित गर्न यो निर्णय महत्वपूर्ण रहेको बताउँदै सबै पक्षलाई कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण