३ जेठ, गोरखा । वेनिघाट–आरुघाट–लार्के सडक खण्डअन्तर्गत नौली खोला मा पक्की पुल निर्माण सम्पन्न भएको छ। पुलको आज आयोजित एक कार्यक्रमबीच लक्ष्मण गुरुङले उद्घाटन गर्नुभएको हो।
यसअघि खोलामा पुल नहुँदा धार्चे गाउँपालिका केन्द्र तथा चुमनुब्री गाउँपालिका आवतजावत गर्ने नागरिकले सास्ती भोग्दै आएका थिए। वर्षायाममा खोलामा पानी बढेपछि तर्न नसकिने अवस्था सिर्जना हुने र दैनिक आवतजावतमा समस्या पर्ने गरेको थियो।
पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख सन्तोष अर्याल का अनुसार पुल निर्माणका लागि भ्याटसहित कुल ४ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ। पुल निर्माणका लागि २०७९ सालमा ठेक्का सम्झौता गरिएको थियो।
धार्चे गाउँपालिका अध्यक्ष गुरुङका अनुसार पटक–पटक ताकेता गरेपछि सूर्योदय कन्स्ट्रक्सन प्रा.लि. ले पुल निर्माणको काम सम्पन्न गरेको हो। पुल निर्माणसँगै यस क्षेत्रमा सञ्चालन हुने सवारीसाधन तथा स्थानीय नागरिकलाई आउजाउमा सहज भएको छ।
पुल निर्माण गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सम्पन्न भएको हो।


DCIM103MEDIADJI_0784.JPG
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण