गोरखा — सिरानचोक गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नगर्न तथा जोखिमयुक्त स्थानमा बसोबास नगर्न सबै गाउँपालिकावासीलाई अनुरोध गर्दै सार्वजनिक सूचना जारी गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–१३ अन्तर्गत दफा ९७ तथा परिच्छेद–३ को दफा ११ उपदफा २ (ख) (क) (२) (छ) बमोजिम स्थानीय तहलाई सार्वजनिक ऐलानी, पर्ती जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण गर्ने कानुनी जिम्मेवारी रहेको छ।
यसै सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. ४१२, मिति २०८३/०१/१७ को परिपत्र प्राप्त भइसकेको जनाउँदै गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षणमा सबैलाई सचेत रहन आग्रह गरेको छ।
त्यसैगरी गाउँ कार्यपालिकाको मिति २०८३/०१/२८ मा बसेको बैठकको निर्णयअनुसार गाउँपालिका क्षेत्रभित्र सरकारी तथा सार्वजनिक जग्गा, नदी/खोलाको बहाव क्षेत्र, ऐलानी तथा पर्ती जग्गामा अनुमति बिना निर्माण गरिएका सम्पूर्ण संरचना हटाउने प्रक्रिया अघि बढाइने भएको छ।
सूचनामा त्यस्ता संरचना यथाशीघ्र हटाई/खाली गर्न अनुरोध गरिएको छ। सूचनाको अवज्ञा भएमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरिने गाउँपालिकाले स्पष्ट पारेको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी