logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

काठमाडौं महानगरपालिका वडा नं. १६ द्वारा स्व. मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३ आयोजना हुने

काठमाडौं महानगरपालिका वडा नं. १६ द्वारा स्व. मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३ आयोजना हुने


  • शनिबार, जेष्ठ ९ २०८३
  • 2.1K
    SHARES

    काठमाडौं — खेलकुद केवल मनोरञ्जन मात्र नभई समाजलाई एकताबद्ध बनाउने माध्यम भएको उल्लेख गर्दै काठमाडौं महानगरपालिका वडा नं. १६ ले स्वर्गीय मुकुन्द रिजालको स्मृतिमा “वडा स्तरीय स्व. मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३” आयोजना गर्ने भएको छ।

    वर्षौंसम्म समाज, युवा र खेलकुद क्षेत्रमा समर्पित व्यक्तित्वका रूपमा परिचित स्वर्गीय मुकुन्द रिजालको सम्झनालाई जीवित राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको वडा सचिव प्रकाश खड्काले जानकारी दिए।

    प्रतियोगिताको उद्घाटन २०८३ साल जेठ १० गते बिहान ७ बजे लैनचौर खेल मैदानमा हुने आयोजकले जनाएको छ। उद्घाटन समारोहलाई विशेष र भव्य बनाउने तयारी गरिएको छ। कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

    प्रतियोगितामा काठमाडौं महानगरपालिकाका विभिन्न वडाका गरी १३ वटा टिमको सहभागिता रहनेछ। उद्घाटन खेल वडा नं. १६ र वडा नं. १० बीच हुने तय भएको छ।

    आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य उपाधि मात्र नभई युवामा अनुशासन, सहकार्य र सकारात्मक सोच विकास गर्नु हो। पछिल्लो समय बढ्दो सामाजिक चुनौतीबीच खेलकुदमार्फत युवालाई सही दिशामा प्रेरित गर्ने लक्ष्य राखिएको छ।

    स्थानीय बासिन्दा र खेलप्रेमीहरूले प्रतियोगितालाई सकारात्मक रूपमा लिँदै यसले नयाँ प्रतिभा उत्पादन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। प्रतियोगिताले राजधानीको खेलकुद वातावरणलाई थप सक्रिय र उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page