logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

गोरखकाली रबर उद्योगसहित सात सार्वजनिक संस्थानको डीडीए गरी पीपीपी मोडेलमा लगानी व्यवस्थापन गर्ने सरकारको योजना

गोरखकाली रबर उद्योगसहित सात सार्वजनिक संस्थानको डीडीए गरी पीपीपी मोडेलमा लगानी व्यवस्थापन गर्ने सरकारको योजना


  • शुक्रबार, जेष्ठ १५ २०८३
  • 2.7K
    SHARES

    गोरखा: सरकारले गोरखकाली रबर उद्योगसहित सात वटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गरी निजी–सार्वजनिक साझेदारी (PPP) मोडेलमा लगानी व्यवस्थापन गर्ने योजना अघि सारेको छ।

    आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले यी संस्थानहरूको पुनर्संरचना तथा प्रभावकारी सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया आगामी वर्षभित्र सम्पन्न गरिने जनाएको छ। यसअन्तर्गत गोरखकाली रबर उद्योग लगायतका संस्थानहरूको आर्थिक अवस्था मूल्याङ्कन गरी उपयुक्त लगानी संरचना निर्धारण गरिने बजेटमा उल्लेख छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page