गोरखा — बारपाक सुलिकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीलाई नगद १ लाखसहित सम्मान गरेको छ। गाउँपालिका–७ स्थित शैलपुत्री माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएर उत्कृष्ट नतिजा हासिल गरेका युनिक पनेरुलाई गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा नगदसहित सम्मान गरिएको हो।
एसईई परीक्षा सुरु हुनुअघि नै कार्यपालिका बैठकमार्फत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। सोही निर्णयअनुसार गाउँपालिका अध्यक्ष विष्णु भट्टले पनेरुलाई नगद १ लाखसहित सम्मान गरेका हुन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेका अनुसार एसईईमा ३.४ जीपीएभन्दा माथि ल्याउने ९ जना विद्यार्थीलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको छ। ३.४ देखि ३.५९ जीपीए ल्याउने ७ जनालाई जनही १० हजार तथा ३.६ जीपीए ल्याउने एक जनालाई १५ हजार रुपैयाँ प्रदान गरिएको उनले बताए।
त्यस्तै कक्षा १२, १०, ८ र ५ मा विषयगत रूपमा उत्कृष्ट शिक्षकहरूलाई पनि जनही ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ। स्तुल आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाबहादुर आले र शैलपुत्री माविका प्रधानाध्यापक रामकुमार अंगाईलाई उत्कृष्ट प्रधानाध्यापकका रूपमा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले यस्ता कार्यक्रममार्फत विद्यार्थी र शिक्षकलाई प्रोत्साहन गर्दै शैक्षिक क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा बढाउने विश्वास लिएको छ।

-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण