काठमाडौँ उपत्यकाको नयाँ बसपार्क क्षेत्रमा ट्राफिक प्रहरीले विशेष चेकिङ अभियान सञ्चालन गरेको छ। ट्राफिक नियम उल्लङ्घन नियन्त्रण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित मित्रनगर आसपास केन्द्रित गर्दै अभियान सञ्चालन गरिएको हो।
अभियानका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाइरहेका केही चालकहरू फेला परेका छन्। उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको ट्राफिक प्रहरीले जनाएको छ।
त्यसैगरी, विशेष चेकिङका क्रममा ध्वनि प्रदूषण गर्ने तथा टोल–छिमेकमा असहजता सिर्जना गर्ने मोटरसाइकलहरू पनि नियन्त्रणमा लिइएका छन्। यस्ता गतिविधिले सडक सुरक्षामा जोखिम बढाउने तथा सार्वजनिक शान्तिमा असर पार्ने भएकाले अभियानलाई कडाइका साथ अघि बढाइएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरी र प्रहरी प्रभागको संयुक्त टोलीले सञ्चालन गरेको उक्त अभियान आगामी दिनमा पनि नियमित रूपमा जारी रहने प्रहरीले जनाएको छ। साथै, सडक अनुशासन कायम राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न यस्ता विशेष चेकिङ अभियानलाई थप प्रभावकारी बनाइने बताइएको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी
-
प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको खेतमै