लमजुङ: मर्स्याङदी गाउँपालिका–८ मा विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गर्दै कुखुराका चल्ला वितरण गरिएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन गरेको गरिबी न्यूनीकरण तथा आयआर्जन प्रवर्द्धन कार्यक्रमअन्तर्गत ६१ जना लाभग्राहीलाई चल्ला वितरण गरिएको हो।
गाउँपालिकाको पशु शाखाका अनुसार कार्यक्रमका लागि १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। प्रत्येक लाभग्राहीलाई १५ वटा गिरिराज जातका कुखुराका चल्ला तथा १० किलोग्राम दाना वितरण गरिएको पशु शाखा प्रमुख अन्जु गुरुङले जानकारी दिनुभयो।
वडा नं. ८ का अध्यक्ष धनसिङ तामाङले गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले वितरण गरिएका चल्लाको उचित हेरचाह गरी व्यावसायिक रूपमा कुखुरापालन गर्न लाभग्राहीलाई आग्रह गर्दै यसले स्थानीयको आयस्तर वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
स्थानीयवासीले यस कार्यक्रमले स्वरोजगार सिर्जना गर्नुका साथै घरपरिवारको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुग्ने प्रतिक्रिया दिएका छन्। गाउँपालिकाले आगामी दिनमा पनि कृषक तथा विपन्न वर्ग लक्षित उत्पादनमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण