logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

गोरखा जिल्लाका न्यायिक समिति पदाधिकारीहरूको पाँचौँ जिल्ला स्तरीय बैठक धार्चे गाउँपालिकामा सम्पन्न

गोरखा जिल्लाका न्यायिक समिति पदाधिकारीहरूको पाँचौँ जिल्ला स्तरीय बैठक धार्चे गाउँपालिकामा सम्पन्न


  • आइतबार, जेष्ठ ३१ २०८३
  • 2.8K
    SHARES

    गोरखा: गोरखा जिल्लाका स्थानीय तहका न्यायिक समिति पदाधिकारीहरूको पाँचौँ जिल्ला स्तरीय बैठक मिति २०८३ साल जेठ ३० गते शनिबार धार्चे गाउँपालिकाको आयोजनामा सम्पन्न भएको छ।

    धार्चे गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सुनिला गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा जिल्लाभित्रका विभिन्न स्थानीय तहका न्यायिक समिति पदाधिकारीहरू तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

    बैठकमा स्थानीय तहमा गठित न्यायिक समितिहरूको प्रभावकारी सञ्चालन, न्याय सम्पादनका क्रममा प्राप्त अनुभव तथा भोगिएका चुनौतीहरू, मेलमिलाप प्रवर्द्धन, विवाद व्यवस्थापन तथा न्यायिक समितिहरूबीच आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

    सहभागी पदाधिकारीहरूले न्यायिक समितिको संस्थागत सुदृढीकरण, न्यायिक प्रक्रियाको प्रभावकारिता अभिवृद्धि तथा नागरिकलाई सरल, सहज, छिटोछरितो र पहुँचयोग्य न्यायिक सेवा प्रदान गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरेका थिए। साथै स्थानीय तहमा न्याय सम्पादन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा नागरिकमैत्री बनाउन आवश्यक सहकार्य, समन्वय र अनुभव आदान–प्रदानलाई निरन्तरता दिने निष्कर्षसमेत बैठकले निकालेको छ।

    कार्यक्रममा व्यक्त विचारहरू तथा छलफलबाट प्राप्त सुझावहरूले स्थानीय तहका न्यायिक समितिहरूको क्षमता अभिवृद्धि, कार्यसम्पादनमा एकरूपता तथा न्यायिक सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

    स्थानीय तहहरूबीच अनुभव, सिकाइ तथा असल अभ्यासहरूको आदान–प्रदानका लागि यस्ता जिल्ला स्तरीय बैठकहरू उपयोगी र फलदायी हुने सहभागीहरूले बताएका छन्। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको धार्चे गाउँपालिकाले जनाएको छ।

    तस्बिरमा हेर्नुहोस्:


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page