logo

सोमबार, असार १ २०८३

kantipurpationlinetv

२०८३ असार १ सोमबार

जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट

जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट


  • सोमबार, असार १ २०८३
  • 2.4K
    SHARES

    काठमाडौं, असार १, २०८३ — माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताज्यूसँग आज मित्रराष्ट्र जर्मनी सरकारको Federal Ministry of Economic Cooperation and Development (BMZ) अन्तर्गत South Asia Division तथा Development प्रमुख Ms. Barbara Schäfer र नेपालका लागि जर्मनीका राजदूत महामहिम H.E. Udo Volz ले शिष्टाचार भेटघाट गर्नुभएको छ।

    भेटघाटमा जर्मनी सरकारका विकास साझेदार संस्थाहरू KfW, GIZ तथा PTB नेपालका प्रमुख एवं प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

    भेटका क्रममा नेपाल र जर्मनीबीच लामो समयदेखि कायम रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो। साथै, नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, स्वास्थ्य सेवा सुदृढीकरण तथा विभिन्न विकास परियोजनामार्फत जर्मन सरकारले प्रदान गर्दै आएको सहयोगको उच्च प्रशंसा गरिएको थियो।

    मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा जर्मनी सरकारको निरन्तर सहयोग र साझेदारीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले सरकारका प्राथमिकताका क्षेत्रहरूमा विकास साझेदारहरूको सहयोगले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    सो अवसरमा जर्मन प्रतिनिधिमण्डलले नेपालको विकास प्रयासप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउँदै वर्तमान आवश्यकता तथा सरकारका प्राथमिकताका क्षेत्रमा आगामी दिनमा समेत सहयोग, साझेदारी र साथ निरन्तर रहने विश्वास व्यक्त गरेको थियो।

    भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको मन्त्रालयले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page