गोरखा । चुमनुब्री गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
गाउँपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै खोप कार्यक्रमलाई प्रभावकारी बनाउँदै आएको छ। कार्यक्रममार्फत पूर्ण खोपको सुनिश्चितता तथा आगामी दिनमा यसको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार यो उपलब्धि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी तथा स्थानीय नागरिकको सहकार्य र निरन्तर प्रयासको परिणाम हो।
उहाँले खोप कार्यक्रमलाई निरन्तरता दिँदै स्वस्थ र सुरक्षित समाज निर्माणका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

-
गायक सचिन भट्टराई ‘राष्ट्रिय युवा कलाकारिता सम्मान–२०२६’ बाट सम्मानित
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट
-
शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ काठमाडौंमा लोकार्पण
-
गायक सन्तोष परियारको नयाँ गीत “माया एउटा वरदान हो” सार्वजनिक