logo

बिहिबार, असार ४ २०८३

kantipurpationlinetv

२०८३ असार ४ बिहिबार

आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा


  • बिहिबार, असार ४ २०८३
  • 1.3K
    SHARES

    आँबुखैरेनी, ४ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ।

    गाउँपालिकाभित्र रहेका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता कायम भएको प्रमाणित गरिएको हो।

    बिहीबार आयोजित एक कार्यक्रमकाबीच गाउँपालिकाका सम्बन्धित वडाका वडाध्यक्ष तथा स्वास्थ्यकर्मीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको थियो।

    प्रमाणपत्र वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विकास चन्द्र शर्मा, गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका खोप अधिकृत शंकरबाबु अधिकारी, स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा वक्ताहरूले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न तथा बाल स्वास्थ्य सुधार गर्न पूर्ण खोप अभियानको महत्वपूर्ण भूमिका रहेको बताए। उनीहरूले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

    पूर्ण खोप सुनिश्चितता घोषणासँगै आँबुखैरेनी गाउँपालिकाले बाल स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको गाउँपालिकाले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page